उपप्रधानमन्त्री श्रेष्ठ र राजदुत थम्पसनबीच शिष्टाचार भेट

<p>काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदुत डिन आर। थम्पसनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल९अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदुत डिन आर। थम्पसनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल९अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि विधेयक संसदमा पेश भैसकेको समेत उनले बताए ।

यस्तै, राजदुत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफु र आफ्ना कुटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताएका थिए । राजदुत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए ।

कोभिडपछि अमेरिकी सहयोग संस्था ‘पिसकोर’को काम प्रभावित भएकाले ‘पिसकोर’ कार्यकर्ताको भिसा सहजताका लागि राजदुत थम्पसनले आग्रह गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने प्रतिवद्धता जनाएका छन् ।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदुतले चासो राखेका थिए ।

Share News