नयाँ वर्षमा सिजीका सामान किन्दा दुबइ घुम्ने मौका

<p>काठमाडौं । नयाँ वर्षमा इलेक्टोनिक ब्रान्ड सिजीले घरायसी समानको खरिदमा दुबइ भ्रमण तथा साप्तहिक उपहार योजना ल्याएको छ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँमा ग्राहकको खुशीयालीमा झनै उमँग भर्न सीजी साना घरायसी सामानको खरिदमा &#8216;नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँपनको&#8217; उपहार योजना लिएर आएको छ । यस उपहार योजना अन्तर्गत सीजीको साना घरायसी सामानको खरिदमा हरेक [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षमा इलेक्टोनिक ब्रान्ड सिजीले घरायसी समानको खरिदमा दुबइ भ्रमण तथा साप्तहिक उपहार योजना ल्याएको छ ।

इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँमा ग्राहकको खुशीयालीमा झनै उमँग भर्न सीजी साना घरायसी सामानको खरिदमा ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँपनको’ उपहार योजना लिएर आएको छ ।

यस उपहार योजना अन्तर्गत सीजीको साना घरायसी सामानको खरिदमा हरेक हप्ता प्रेसर कुकर उपहारसँगै बम्परमा दुबई भ्रमण जित्ने मौका समेत रहेको छ । सीजी तथा सीजी मेरिडियाका उत्कृष्ट उत्पादनहरुका साथ नयाँपनको उमँग सहित ग्राहकहरुले अब हरेक हप्ता आकर्षक उपहार सहित दुबई भ्रमणको आनन्द समेत लिन सक्नेछन् ।

यो योजना सीजी तथा सीजी मेरिडियाका विभिन्न उत्पादन जस्तै मिक्सर ग्राइन्डर तथा ब्लेन्डर, जुसर मिक्सर ग्राइन्डर, ह्याण्ड मिक्सर, माइक्रोवेभ ओभन, विभिन्न प्रकारका प्रेसर कुकर, राइस कुकर, वाटर डिस्पेन्सर, एयर फ्रायर, ग्यास स्टोभ तथा इन्डक्सन कुकटप आदि जस्ता अरु पनि साना घरायसी सामानमा उपलब्ध छ ।

यस उपहार योजनासँगै गर्मीको मौसममा समेत आरामदायी बसाइका लागि सीजीका सामानहरुको खरिद गर्दै ग्राहकहरुले दुबइ भ्रमण गर्ने मौका पाउँन सकिनेछ । यसैगरी सहज र सरल पकाईका लागि आकर्षक डिजाइनका उत्कृष्ट इन्डक्सन कुकटप लगायत प्रेसर कुकर, राइस कुकर तथा ग्यासस्टोभहरु उपलब्ध छन् । विभिन्न प्रकारका मिक्सर ग्राइन्डर, ब्लेन्डर तथा जुसर सँगै भान्साको कामकाज सरल हुनुको साथै पकवानको मजा लिन सकिनेछ तथा वाटर डिस्पेन्सरका साथ तातो तथा चिसो पानी तुरुन्तै प्राप्त गर्न सहज हुनेछ ।

यसैगरी एयरफ्रायरको खरिद गरी ग्राहकहरुले विभिन्न प्रकारका मिठा पकवानहरु एकदमै स्वस्थय तरिकाले बिना धेरै तेल प्रयोग गरी बनाउन सकिनेछ भने माइक्रेवेभ ओभनका साथ विषेश परिकारहरु घरमै बिना कुनै झन्झट बनाउन सकिनेछ । यसरी यी सबै उत्कृष्ट उत्पादनहरुको सहजता तथा विशेषताहरुको उपभोग गर्नुकासाथै यस नयाँ वर्षमा झनै उमँग भर्दै विदेश भ्रमण जित्ने मौका समेत पाइनेछ ।

Share News