हवाई कम्पनीहरुलाई भाडा घटाउन प्राधिकरणको निर्देशन

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई कम्पनीहरुलाई चैत २२ गतेदेखि हवाई भाडा घटाउन  निर्देशन दिएको छ । प्राधिकरणलाई मंगलबार हवाई कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । &#8216;उपरोक्त विषयमा नेपाल आयल निगमको चैत २० गते तद्नुसारको निर्णयानुसार हवाई इन्धनको साविक मुल्यमा प्रति लिटर १० घट्न गएकोले घटेको मुल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको यसैसाथ संलग्न [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई कम्पनीहरुलाई चैत २२ गतेदेखि हवाई भाडा घटाउन  निर्देशन दिएको छ । प्राधिकरणलाई मंगलबार हवाई कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

‘उपरोक्त विषयमा नेपाल आयल निगमको चैत २० गते तद्नुसारको निर्णयानुसार हवाई इन्धनको साविक मुल्यमा प्रति लिटर १० घट्न गएकोले घटेको मुल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको यसैसाथ संलग्न नयाँ फियुल सरचार्ज माघ २२ तद्नुसारदेखि लागू हुने गरी कार्यान्वयन गर्नरगराउनु हुनं प्राधिकरणको फागुन २१ गतेको निर्णयानुसार अनुरोध गरिन्छ,’ निर्देशनमा भनिएको छ ।

नेपाल आयल निगमले सोमबार इन्धनको मूल्य घटाउँदा हवाई इन्धनको मूल्य पनि १० रुपैयाँले घटाएको थियो ।

Share News