गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे

<p>काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउनेगरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षालाई राज्यले प्राथमिकता दिएपनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारे । उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको [&hellip;]</p>

 

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउनेगरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षालाई राज्यले प्राथमिकता दिएपनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारे । उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको बताए । सभामुख घिमिरेले सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्नेकुराको छलफल हुन जरुरी रहेको बताए ।

उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण घट्नुको कारण पत्ता लगाइ यथोचित सम्बोधन हुन जरुरी रहेको बताए । उनले देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरुलाई सुलब शिक्षा दिन जरुरी रहेको बताए । उनले गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘परिवर्तित सन्दर्भमा शिक्षलाई कसरी लैजाने भन्नेबारेमा शिक्षा ऐन आउन बाँकी छ । आएका कुरा पनि प्रभावकारी ढंगबाट कार्यान्वयन हुन समस्या भएको छ । देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरुलाई सुलब शिक्षा दिन जरुरी छ । गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य कसरी हुन्छ ? त्यो सोच्न जरुरी छ ।’

सभामुख घिमिरेले शिक्षा ऐन पूरा पारित गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

Share News