नयाँ वर्षमा बेकोको प्रोडक्ट किन्दा उपहार पाइने

<p>काठमाडौं । युरोपको इलेक्टोनिक्स ब्राण्ड बेकोले नयाँ वर्षको योजना सार्वजनिक गरेको छ । बेकोका प्रोड्क्टमा &#8216;नयाँ वर्षको उमंग, मनाऔँ बेकोसँग&#8217; बजारमा सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर [&hellip;]</p>

काठमाडौं । युरोपको इलेक्टोनिक्स ब्राण्ड बेकोले नयाँ वर्षको योजना सार्वजनिक गरेको छ । बेकोका प्रोड्क्टमा ‘नयाँ वर्षको उमंग, मनाऔँ बेकोसँग’ बजारमा सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाइनेछ । डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईनेछ ।

साथै, सिङगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार पाईन्छ भने कूकिङ रेन्ज फ्री स्टान्डिङ ओवनको खरिदमा फ्राइ प्यान र एअर कन्डिसनरको खरिदमा ४ हजारको फ्री इन्स्ट्लेसन पाईन्छ। उक्त योजना चैत्र १५ देखि सिमित अवधिका लागि लागू गरिएको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

Share News