तोलामा १ हजारले बढ्यो सुनको भाउ

<p>काठमाडौं । नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजारले बढेको हो । हिजो सोमबार तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक हजारले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजारले बढेको हो ।

हिजो सोमबार तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक हजारले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि प्रतितोला हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

 

Share News