काठमाडौं । शुभ किरण बचत तथा ऋण सरकारी संस्थाले ऋणीलाई कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारी संस्थाले ऋणी मैया राइलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
उनले सरकारी संस्थाको माछापोखरीबाट वि.सं. २०७६ फागुन १९ गते धितो कर्जा शिर्षक अन्र्तगत व्यवसाय संचालन गर्न १ करोड २६ लाख ७० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । उनले लिएको कर्जा चुक्ता गर्नुपर्ने अवधि वि.सं २०७८ पुस २९ गते मा समाप्त भएको सहकारीले जनाएको छ ।
ऋणी राइलाई पटक–पटक लिखित तथा मौखिक रुपमा समेत जानकारी गराउँदा पनि वेवास्ता गरेपछि ३५ दिनभित्र कर्जा चुक्ता गर्न सहकारीले आग्रह गरेको छ ।
उनले लिएको कर्जाको ब्याज रकम मात्रै ५३ लाख ३० हजार रुपैयाँ पुगेको छ । साँवा, ब्याज र हर्जाना समेत गरी उनले अब १ करोड ८० लाख रुपैयाँ तिर्नु पर्ने सहकारीले जनाएको छ ।
यदि ३५ दिनभित्र सम्पूर्ण हिसाब किताब चुक्ता नगरे लिलामी प्रक्रिया अघि बढाइने र सहकारी ऐन २०७४ अन्तरगत आवश्यक कारवाही गर्ने सहकारीले बताएको छ ।