काठमाडौं । साझा यातायातले सवारी साधन चालक तथा सरसफाइ लगायतको सेवा खरिदका लागि २ वटा कम्पनीसँग सम्झौता गरेको छ । साझाले सवारी साधन चालक (ड्राइभर), सुरक्षा तथा सरसफाइका लागि २ वटा कम्पनीलाई छनोट गरी सम्झौता गरेको हो ।
साझाले १०० वटा बस सञ्चालनका लागि भारि सवारी चालक, हलुका सवारी चालक परिचालक, परिचालक तथा सुरक्षा गार्ड राख्ने भएको हो । जसको लागि श्री नवदुर्गा सेक्युरिटी गार्ड सप्लाई सर्भिस प्रालिले जनशक्ति उपलब्ध गराउने छ । साझा र कम्पनीबीच २६ करोड ७ लाख ४४ हजार ५३३ रुपैयाँमा सम्झौता भएको हो ।
साथै, ६० वटा बस तथा कार्यालय परिसर, कार्यालय कोठाहरु, पार्किङ्ग क्षेत्र, ट्वाईलेट र बाथरुम सरसफाई गर्नका लागि पनि जनशक्ति राख्ने साझाले जनाएको छ । जसको लागि क्याटालिस्ट म्यानेजमेन्ट सर्भिस नेपाल प्रालिले जनशक्ति उपलब्ध गराउनेछ । कम्पनीले १ करोड २ लाख ३ हजार १९२ रुपैयाँमा सम्झौता गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२)को अनुसार संस्थाको सञ्चालक समितिको चैत १७ गते निर्णय गरेको हो ।