नबिल बैंकले ४ वटा शाखा कार्यालय सार्दै

<p>काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले चैत २६ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ । बैंकले काठमाडौंको जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र पर्साको विरगन्ज शाखा स्थानान्तरण गर्ने भएको [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले चैत २६ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ ।

बैंकले काठमाडौंको जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र पर्साको विरगन्ज शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकले हालको शाखा कार्यालयबाट ०.७ किलोमिटरको दुरीमा काठमाडौं महानगरपालिका ६ जोरपाटीमा स्थानान्तरण गर्ने भएको हो । लकर तथा खाता स्थानान्तरण भइ बौद्ध रामहिटी शाखाबाट सेवा सुचारु रहने बैंकले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरकापालिका १३ मा रहेको शाखा कार्यालय ०.२ किलोमिटरको दूरीमा स्थानान्तरण भइ चन्द्रागिरी नगरपालिका १४ नैकापबाट सञ्चालन हुनेछ । सो शाखाको लकर तथा खाता भने कालीमाटी २ बाट सञ्चालन हुने बैंकले जनाएको छ ।

यस्तै, किर्तिपुर नगरपालिका १ ट्याङ्ग्लाफाटमा रहेको शाखा २.३ किलोमिटर दूरीमा स्थानान्तरण भइ काठमाडौं महानगरपालिका १४ बल्खु टेकासी दक्षिणकाली टियू गेट नजिकैबाट सञ्चालनमा आउनेछ । लकर तथा खाता पनि सोही ठाउँबाट सञ्चालनमा आउने बैंकले जनाएको छ ।

विरगन्ज महानगरपालिका ४ अलखिया रोडमा रहेको शाखा विरगन्ज ८ बाइपास २.३ किलोमिटर टाढा स्थानान्तरण भएको बैंकले बताएको छ । लकर तथा खाता पनि सोही ठाउँबाट सञ्चालनमा आउनेछ ।

शाखा कार्यालहरुको लकरमामा कुनै टुटफुट हुने सामान भएमा लकर सार्नु अगावै चैत २२ गतेसम्म निकाल्न बैंकले आग्रह गरेको छ ।

Share News