काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएकाे छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको मूल्य घटाएकाे हाे
बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेकाे छ ।
सो निर्णयसँगै पेट्रोलको मूल्य प्रति लिटर १७५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो ।