राष्ट्र बैंकले चाँदी निर्यातमा हटायो १ केजीको सीमा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी निर्यात गर्दा १ किलोग्रामको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमबार एकीकृत परिपत्र २०७९ जारी गर्दै व्यवसायीले चाँदी निर्यात गर्दा १ किलोग्राम (केजी)को सीमा हटाएको हो । सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट मासिक १ किलोग्राम सम्म खरिद गर्न सक्ने [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी निर्यात गर्दा १ किलोग्रामको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमबार एकीकृत परिपत्र २०७९ जारी गर्दै व्यवसायीले चाँदी निर्यात गर्दा १ किलोग्राम (केजी)को सीमा हटाएको हो ।

सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट मासिक १ किलोग्राम सम्म खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूले व्यवसायिलाई चाँदी बिक्री गर्दा व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खाता मार्फत कारोबार गर्नु पर्नेछ ।

साथै, बैंकले यसरी चाँदी बिक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई बिक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्न बाहेक अन्य प्रयोजनको लागि प्रयोग वा बिक्री गर्ने छैन भन्नेस्वघोषणा समेत लिनुपर्नेछ ।

तर, निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा मासिक १ किलोग्रामको सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ । चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ६० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । तर, चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि प्रति पटक अमेरिकी डलर ६० हजारको सटही सीमा लागू नहुने बताइएको छ ।

सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए÷नभएको यकिन गर्नु पर्ने, वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ ।

चाँदी आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्यरुपमा मास्टर एयरवेय बिल समेत संलग्न हुनु पर्नेछ । हाउस एयर वेय बिल तथा बिल अफ लेडिङबाट चाँदी आयात गर्न पाइने छैन । चाँदी आयात÷बिक्री सम्बन्धी विवरण ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नु पर्ने जनाएको छ ।

Share News