लुम्बिनी विकास बैंकको एटिएम कञ्चनपुरमा

<p>काठमाडौं । लुम्बिनी विकास बैंकले थप नयाँ एटिएमको विस्तार गरेको छ । बैंकले आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटिमको विस्तार गरेको हाे । उक्त एटिएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझाले गरेका छन् । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकले थप नयाँ एटिएमको विस्तार गरेको छ । बैंकले आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटिमको विस्तार गरेको हाे ।

उक्त एटिएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझाले गरेका छन् ।

बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैकले सेवा विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकाबाट एटिएम सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको कम्पनीले जनाएकाे छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिमको उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा १९ वटा एटिम मार्फत सेवा प्रदान गरिरहेको छ ।

Share News