राजश्व उठाउन अर्थमन्त्रीले मागे गृहमन्त्रीको सहयोग, मन्त्रीको अध्यक्षतामा उपप्रधानमन्त्री बैठकमा

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व चुहावट नियन्त्रणमा केन्द्रीत भएका छन् । उनले पछिल्लो समय सीमा क्षेत्रमा देखिएका अवैध गतिविधिमा केन्द्रित भएर केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका हुन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर बैठकमा बोलाएका छन् । गृहमन्त्री समेत सदस्सय रहने सो समितिको बैठकमा अर्थमन्त्री मतहले गृहमन्त्री श्रेष्ठलाई फोन [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व चुहावट नियन्त्रणमा केन्द्रीत भएका छन् । उनले पछिल्लो समय सीमा क्षेत्रमा देखिएका अवैध गतिविधिमा केन्द्रित भएर केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर बैठकमा बोलाएका छन् । गृहमन्त्री समेत सदस्सय रहने सो समितिको बैठकमा अर्थमन्त्री मतहले गृहमन्त्री श्रेष्ठलाई फोन गरेर उपस्थित हुन आग्रह गरेका थिए ।

मन्त्री महतले चुहावट नियन्त्रणका लागि गर्नुपर्ने र भइरहेको काम कारबाहीका विषयमा केन्द्रीत भएर छलफल सुरु गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्षको सुरूदेखि नै कमजोर प्रशासनिक कडाइका कारणले चुहावट बढीरहेको छ ।

Share News