सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

<p>काठमाडौं । सिटिजन्स बैंकले धनगढी शाखामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुदूरपश्मिमा ३०० जनालाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत नि:शुल्क वितरण गरेको हाे । शिविरमा अत्तरिया अस्पतालका डा. आनन्द पाठक, डा. अनिश कुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले धनगढी शाखामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुदूरपश्मिमा ३०० जनालाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत नि:शुल्क वितरण गरेको हाे ।

शिविरमा अत्तरिया अस्पतालका डा. आनन्द पाठक, डा. अनिश कुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए ।

गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले धनगढी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News