एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबीच लगानी सम्झौता

<p>काठमाडौं । एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबीच सम्झौता भएको छ । दुई ग्रुपबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कपोरेट पेरोल एसआइपि मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा सिटिटेक ग्रुपका तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । [&hellip;]</p>

काठमाडौं । एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबीच सम्झौता भएको छ ।

दुई ग्रुपबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कपोरेट पेरोल एसआइपि मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा सिटिटेक ग्रुपका तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिटेक ग्रुपका विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

Share News