हिमालयन बैंकको नारी र तलब बचत खातामा १० लाखको दुर्घटना बीमा

<p>काठमाडौं । हिमालयन बैंकले दुई बचत खातामा भएको दुर्घटना मृत्यु बीमाको सीमा रकम बढाएको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा भएको बीमाको सीमा रकम बढाएको हो । बैंकले दुर्घटना बीमाको सीमा रकम ५ लाखबाट बढाएर १० लाख पुर्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै सीमा रकम बढाएको जानकारी दिएको छ । नारी [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले दुई बचत खातामा भएको दुर्घटना मृत्यु बीमाको सीमा रकम बढाएको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा भएको बीमाको सीमा रकम बढाएको हो ।

बैंकले दुर्घटना बीमाको सीमा रकम ५ लाखबाट बढाएर १० लाख पुर्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै सीमा रकम बढाएको जानकारी दिएको छ ।

नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा र विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आवद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।

१० लाखसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।

Share News