काठमाडौं । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा यसले ‘हिमाल सरसफाई अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। नेपाली सेनासँग हातेमालो गर्ने कम्पनीले जनाएको छ।
युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य हो। हिमालको संरक्षण गर्ने र चुचुरो/हिमालहरु सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो।
यस वर्षको अभियानअन्तर्गत सगरमाथा, लोत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरुको सफाइ गर्दै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ।
फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ। फोहोरमैला व्यवस्थापनमा लापरबाहीले हिमालहरुको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ।’