एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ गते

<p>काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ । उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा दिइएको जानकारीअनुसार ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ [&hellip;]</p>

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ ।

उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना उक्त कार्यक्रममा सहभागी हुनेछन् ।

बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय जना सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिकीकरण गरिएको थियो । गोकणर् गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिकीकरण गरेका थिए भने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सहजीकरण गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् । प्रतियोगिताामा सहभागी गल्फरहरुले गोकणर् गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् ।

आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष जनार्दन बरालले बाह्रखरी मिडियाले गर्ने यो कार्यक्रम कर्पोरेट हाउसलाई जोड्ने माध्यम बनेको बताए ।

त्यस्तै, नेपाल आर्थिक पत्रकार संघ(नाफिज)का अध्यक्ष मोदनाथ ढकालले बाह्रखरीले खेल पर्यटनलाई अगाडि बढाउन सफल भएको भन्दै प्रसंसा गरे । “बाह्रखरीले गरेको गल्फ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कभरेज भएको हुँदा देशले नै गौरव गर्ने प्रतियोगिता भएको छ,” ढकालले भने ।

Share News