महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी नष्ट

<p>काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीको अनुसार आगलागीको [&hellip;]</p>

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रहरीको अनुसार आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको छ ।

Share News