काठमाडौं । नेपाल सहकारी वित्तीय संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।
संस्थाको नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १० देवकोटामार्ग स्थित कित्ता नम्बर २२ को क्षेत्रफल ०–१३–०–० रोपनी जग्गा र उक्त जग्गाले चर्चेको सम्पुर्ण संरचना बिक्री गर्ने भएको हो ।
उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले २०८० बैशाख ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।
सहकारी संस्थाको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा प्राप्त बोलपत्रहरु खोलिने बताएको छ ।