राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८५ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८५ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले चैत २१ गते बोलकबोल मार्फत् बिक्री गर्ने र चैत २२ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८५ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८५ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले चैत २१ गते बोलकबोल मार्फत् बिक्री गर्ने र चैत २२ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Share News