राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानको लागि सुझाव माग्यो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या र समाधानका लागि सुझाव मागेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले वर्तमान समस्या समाधानका लागि सुझाव मागेको हो । समितिले अध्ययन कार्य प्रारम्भ गरेको हुँदा सुझाव पेश गर्न आग्रह गरेको हो । वि.सं. २०८० बैशाख २० गते भित्र सुझाव पठाएर सहयोग गर्न बैंकले आग्रह गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या र समाधानका लागि सुझाव मागेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले वर्तमान समस्या समाधानका लागि सुझाव मागेको हो ।

समितिले अध्ययन कार्य प्रारम्भ गरेको हुँदा सुझाव पेश गर्न आग्रह गरेको हो । वि.सं. २०८० बैशाख २० गते भित्र सुझाव पठाएर सहयोग गर्न बैंकले आग्रह गरेको छ ।

लघुवित्त विषयसँग सरोकार राख्नेहरुले वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव पेश गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिले गत फागुन २१ गते आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।

राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष, २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु सदस्य छन् ।

उक्त समितिलाई ६ महिनाभित्र प्रतिवेदन पेश गर्न समय दिएको छ । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या, नीतिगत व्यवस्थामा रहेका समस्या र मध्यम तथा दीर्घकालीन समस्या समाधानका विषयमा अध्ययन गरेर राष्ट्र बैंकलाई बुझाइनेछ ।

Share News