किसान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । किसान लघुवित्त वित्तीय संस्थाले आज केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । शाखा कार्यालय बलिया, कैलालीले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका २१० वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए । उक्त कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । किसान लघुवित्त वित्तीय संस्थाले आज केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

शाखा कार्यालय बलिया, कैलालीले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका २१० वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए । उक्त कार्यक्रममा संस्थाका सेयर सदस्य तथा लम्की चुहाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुशिला शाही, लम्की चुहा न.पा. वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि नेत्र प्रसाद खनाल, केन्द्रीय कार्यालयको तर्फबाट कर्जा असुली तथा जोखिम व्यवस्थापन प्रमुख टीकाराम उपाध्याय, क्षेत्रीय प्रमुख प्रेम बहादुर थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सभापतित्व उक्त शाखाका शाखा प्रबन्धक अक्कल बहादुर शाहले गरेका थिए भने कार्यक्रम सञ्चालन शाखाका कर्मचारी नकेन्द्र न्यौपानेले गरेका थिए ।

उक्त कार्यक्रममा शाखाका सबै कर्मचारीहरुको सहभागीतामा कर्जा असुली तथा जोखिम व्यवस्थापन प्रमुख र क्षेत्रीय प्रबन्धकले वित्तीय साक्षरता सम्बन्धि र केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुति गरेका थिए र सहभागी सदस्यहरुमध्ये ४ वटा उत्कृष्ट केन्द्र र ७ वटा संस्थको कारोबारमा नियमित गरेर आफ्नो आर्थिक सम्वृद्धि गर्ने ऋणी सदस्यहरुलाई सम्मान गरि संस्थाको हालसम्मको प्रगति विवरणको बारेमा सबैलाई जानकारी गराई कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थामा हालसम्म ९,३५२ वटा केन्द्र १,१८,०९३ जना सदस्यहरु आबद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन् भने संस्थाले हालसम्म १३७ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News