बृहत ग्रुप दशौं वर्षमा प्रवेश

<p>काठमाडौं, ४ कात्तिक । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रुप स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा नवौं वार्षिकोत्सव मनाउँदै कम्पनीले कात्तिक २ गतेदेखि कात्तिक ४ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । कात्तिक २ गते सोमबार बृहतले कम्पनीका सदस्यहरुको सहभागितामा खोकनास्थित स्तुपा परिसर सरसफाइ तथा रंगरोगन [&hellip;]</p>

काठमाडौं, ४ कात्तिक । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रुप स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा नवौं वार्षिकोत्सव मनाउँदै कम्पनीले कात्तिक २ गतेदेखि कात्तिक ४ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

brihat_groupकात्तिक २ गते सोमबार बृहतले कम्पनीका सदस्यहरुको सहभागितामा खोकनास्थित स्तुपा परिसर सरसफाइ तथा रंगरोगन गर्यो । उक्त अवसरमा ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले नेपालकै नमुना बस्तीका रुपमा रहेको तनहुँको बन्दिपुरको स्थलगत अध्ययन भ्रमणका लागि खोकनाका स्थानीयवासीलाई बृहतले सहयोग गर्ने बताएका छन् । ‘वल्र्ड हेरिटेज साइटका रुपमा रहेको खोकनामा मौलिक किसिमको नमुना बसोबास विकास होस् भन्ने उद्देश्यले यसका लागि स्थानीयवासीलाई बन्दीपुर नमुना बस्तीको एक्पोजर भिजिटमा हामीले सघाउन खोजेका हौं,’ राजभण्डारीले भने ।

यस्तै, नेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा गू्रपले कात्तिक ३ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कम्पनीका सदस्यहरुका साथै अन्य सर्वसाधारणसमेत गरी कुल ५३ जनाले सहभागिता जनाएका थिए । बृहतले आफ्नो स्थापनाको पहिलो वर्षगाँठदेखि नै हरेक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । कात्तिक ४ मा पनि ग्रूपले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्दै ‘वृहत दिवस’ मनाएको छ ।

नेपाली रियल इस्टेट क्षेत्रका अग्रणी व्यवसायी ओम राजभण्डारीको नेतृत्वमा संचालित बृहत ग्रूपअन्तर्गत हाल बृहत इन्भेष्टमेन्ट्स (बीआई), बृहत डेभलपर्स एण्ड बिल्डर्स (बीडीबी), पायोनियर बिल्डर्स एण्ड डेभलपर्स (पीडीबी), बृहत प्रोपर्टी सोलुसन्स (बीपीएस), स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट र अन्तरप्रेरणा गरी ६ कम्पनीहरु संचालित छन् । यीमध्ये बीआईले परियोजना विकास, बीडीबीले निर्माण, पीडीपीले डिजाइन तथा सुपरभिजन, बीपीएसले प्रोपर्टी (घर–जग्गा) विक्री व्यवस्थापन र स्वयम्भु होटल्सले रेन्टल होम÷अपार्टमेन्ट सेवा लगायतको काम गरिरहेको छ ।

रियल इस्टेटसँग प्रत्यक्ष सम्बन्धित काम गर्ने यी पाँच कम्पनीबाहेक बृहत ग्रूपअन्तर्गतको सबैभन्दा पछिल्लो कम्पनी ‘अन्तरप्रेरणा’ भने उद्यमशील व्यक्तिलाई व्यवसाय संचालन तथा सफलताका लागि आवश्यक वित्तिय सहायतादेखि व्यवस्थापन, मेन्टोरशीप, व्यवसाय अभिबृद्धि लगायतमा सघाउँदै नेपालमा उद्यमशीलता विकास र युवा उद्यमीहरु उत्पादन गर्ने उद्देश्य राखेको छ ।

कात्तिक ४ मा आयोजित औपचारिक वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘‘बृहत ग्रूप अबका दिनमा बृहत प्रिमियम रेजीडेन्सी विकासमा केन्द्रित रहनेछ । जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसीप, मेन्टिमेन्स फ्रि आवास आदि कुराहरुको उत्कृष्ट संयोजन हुनेछ ।’’ साथै, ग्रूपले आफ्नो मावन संसाधन (एचआर) को क्षमता विकासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको पर्फमेन्स उच्च बनाएर लैजाने नीति अबलम्बन गरेको पनि उनले जानकारी दिए ।

राजभण्डारीको नेतृत्वमा हालसम्म काठमाडौं उपत्यका भित्र तथा बाहिर गरी एक दर्जन आवास परियोजना सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

Share News