काठमाडौं, २ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा ११ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले असोज महिनाभित्र १० वटा घट्नामा ११ जनालाई प्रतिवादी बनाई बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
सो वापत एक करोड ४ लाख रुपैंयाँ बिगो दावी गरिएको छ । आयोगले सो अवधीमा २ जनालाई घुससहित रंगे हात पक्राउ गरेको थियो भने ५ जनालाई नक्कली शैक्षिक प्रमाण पत्र तथा २ जनालाई पदको दुरुपयोग गरि सम्पति कमाएको आरोपमा मुद्धा हालेको हो ।
शिक्षा, स्वास्थ्य, उपभोक्ता समिति, विश्व विद्यालय र नगरपालिका तथा गाबिसका कर्मचारी विरुद्ध मुद्धा हालिएको हो ।