संघीयता खारेजीको माग राख्दै व्यवसायी प्रसाईंले सुरु गरे महाअभियान, पूर्व राजाको सक्रियता बढ्यो

<p>काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन् । एमालेको नेता समेत रहेको प्रसाईंले झापाको मेची पुलबाट महाअभियान सुरु गरेका हुन् । मेची–महाकाली गर्ने प्रसाईंको अभियानको उद्धेश्य प्रसाईंले संघीयता खारेजी छ । साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको सिर्जना गर्नु पर्ने माग राखेका छन् । उनले राष्ट्र, [&hellip;]</p>

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन् । एमालेको नेता समेत रहेको प्रसाईंले झापाको मेची पुलबाट महाअभियान सुरु गरेका हुन् ।

मेची–महाकाली गर्ने प्रसाईंको अभियानको उद्धेश्य प्रसाईंले संघीयता खारेजी छ । साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको सिर्जना गर्नु पर्ने माग राखेका छन् । उनले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउने महाअभियान भएको बताएका छन् ।

उनको महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह पनि सहभागी भएका छन् । कार्यक्रममा पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिइन् । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् ।

Share News