काठमाडौं । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशम प्रसाद देवकोटा निर्वाचित भएका छन् । माघ २८ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनबाट देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनी महासंघको छैठौं कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यससँगै उक्त महाधिवेशनले आगामी तीन वर्षको पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्वाचित गरेको छ ।
त्यस्तै, प्रथम उपाध्यक्षमा प्रेम बहादुर जि. सि., द्धितीय उपाध्यक्ष (एसोसियट)मा कोमल पोखरेल, तृतीय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल र कोषाध्यक्षमा प्रकाश चन्द्र पाण्डे निर्वाचित भएका छन् । यसैगरी, बिनोद लुईटेल सचिवमा, महेन्द्र कुमार श्रेष्ठ सह-कोषाध्यक्षमा चयन भएका छन् ।
यता सदस्यमा शंकरप्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल र चन्द्रकान्त जैसी शर्मा खुलातर्फबाट निर्वाचित भएका छन् ।
साथै, प्रदेश सदस्यहरुमा प्रदेश नं.१ बाट चन्द्रमणि देवकोटा, मधेस प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल, सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ट निर्वाचित भएका छन् । त्यस्तै, एसोसियट् सदस्यमा पुरुषोत्तम अधिकारी र बालकृष्ण अग्रवाल गरी दुई जना चयन भएका छन् ।