लघुवित्तले गुमाए ३ अर्ब, ८ संस्था ऋणात्मक

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ भने अन्य लघुवित्त वित्तीय संस्थाहरुको नाफामा गिरावट आएको छ । लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक  गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो । समिक्षा अवधिमा ५७ वटा लघुवित्तले आफ्नो दोस्रो त्रैमासको वित्तीय [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ भने अन्य लघुवित्त वित्तीय संस्थाहरुको नाफामा गिरावट आएको छ । लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक  गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो ।

समिक्षा अवधिमा ५७ वटा लघुवित्तले आफ्नो दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय रिपोर्ट सार्वजनिनक गरेका लघुवित्तहरुले ३ अर्ब ४६ करोड ६ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९ करोड १ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा लघुवित्तहरुको नाफामा ४४.७५ प्रतिशत अर्थात् २ अर्ब ८० करोड ३५ लाख ६७ हजार रुपैयाँले गिरावट आएको हो ।

जसमा ४७ वटा लघुवित्तको नाफा घटेको छ । ८ वटा लघुवित्तले १९ करोड ७० लाख ७५ हजार रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, ४० लघुवित्तको नाफा गत वर्षको तुलनामा घटेको हो ।

पुस मसान्तसम्म विभिन्न १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ । आरएमडिसी लघुवित्तको २२.५८ प्रतिशत, साना किसान लघुवित्तको ३३.८६ प्रतिशत, छिमेक लघुवित्तको ११.५६ प्रतिशत, स्वाबललम्बन लघुवित्तको २.१६ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ३८.३४ प्रतिशत, आरएसडिसी लघुवित्तको ६२.३३ प्रतिशत, नाडेप लघुवित्तको ९३.५६ प्रतिशत, आशा लघुवित्तको ५८ प्रतिशत, नेष्डो समृद्धि लघुवित्तको २.२४ प्रतिशत र गणपति लघुवित्तको ४.५६ प्रतिशत नाफा बढेको हो ।

यी बाहेक अन्य लघुवित्तको नाफा घटेको छ भने ८ वटा लघुवित्त ऋणात्मक भएका छन् । जसमा उपककार लघुवित्तको १ करोड ६१ लाख रुपैयाँ, मानुषी लघुवित्तकाृ ४४ लाख ६६ हजार रुपैयाँ, वीन नेपाल लघुवित्तको १ करोड ९ लाख ७१ हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ, सामुदायिक लघुवित्तको ३१ लाख ७२ हजार रुपैयाँ, एनएमबि लघुवित्तको ८० लाख १० हजार रुपैयाँ र लक्ष्मी लघुवित्तको २ करोड ४० लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले आर्जन गरेको छ । छिमेक लघुवित्तले ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ, दोस्रोमा ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ, तेस्रोमा जीवन विकास लघुवित्तले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ, चौंथोमा स्वाबलम्बन लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ र पाँचौमा डिप्रोक्स लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

Share News