काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बाँडफाँट गरिएको छ । लघुवित्तको संस्थापक समूह नबिल बैंकको १ लाख ५९ हजार कित्ता सेयर बाँडफाँट गरिएको हो ।
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तले माघ १० गतेदेखि माघ २४ गतेसम्म संस्थापक सेयर बिक्रीमा राखेको थियो । शिलबन्दी बोलपत्रहरु माघ २५ गतेका दिन बाँडफाँट गरिएको जनाएको छ ।
उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । साथै बाँडफाँट गरिएको सेयर बिक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राखेर हेर्न सकिने जनाएको छ ।