अर्थतन्त्रमा टालटुल गर्दा थप समस्या आउन सक्छ : अर्थमन्त्री पौडेल

<p>काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा टालटुल गर्यो भने झनै समस्या आउन सक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । &#8216;नेपाली अर्थतन्त्र अझै जोखिम रहन सक्छ, राजस्वको स्रोत आयातमा निर्भर छ, पुँजीगत खर्च निराशाजनक छ, अनावश्यक खर्च कटौती गरेको छ, अर्थतन्त्रमा टालटुल गर्यो भने झनै समस्या [&hellip;]</p>

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा टालटुल गर्यो भने झनै समस्या आउन सक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाली अर्थतन्त्र अझै जोखिम रहन सक्छ, राजस्वको स्रोत आयातमा निर्भर छ, पुँजीगत खर्च निराशाजनक छ, अनावश्यक खर्च कटौती गरेको छ, अर्थतन्त्रमा टालटुल गर्यो भने झनै समस्या आउन सक्छ,’ उनले भने ।

डिजिटल अर्थतन्त्र र नवप्रतनलाई प्राथमिकता दिइएको भएपनि प्रतिफल हासिल गर्न नसकिएको बताउँदै उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न निजी र सरकारी निकायको आवश्यकता रहेको बताए ।

त्यस्तै, उनले २०७४ को निर्वाचन पछि बनेको सरकारको पालामा आर्थिक वृद्धिदर उच्च रहेको र सो समयमा आर्थिक क्रियाकलाप धेरै भएको उनले स्मरण गरे ।

 

Share News