हाइड्रोपावर मर्ज हुनु घाटाको व्यापार गर्नु हो : गुरागाईं

<p>काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंले हाइड्रोपावर कम्पनी मर्ज गर्नु घाटाको व्यापार गर्नु जस्तै रहेको बताएका छन् । आइतबार ईप्पानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘राज्यले जसरी बैंक तथा बीमा कम्पनीहरूलाई छुट वा सुविधा दिएका छ, त्यस्तै कुनै पनि कुरामा हाइड्रोपावरलाई छुट दिएको छैन, [&hellip;]</p>

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंले हाइड्रोपावर कम्पनी मर्ज गर्नु घाटाको व्यापार गर्नु जस्तै रहेको बताएका छन् । आइतबार ईप्पानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘राज्यले जसरी बैंक तथा बीमा कम्पनीहरूलाई छुट वा सुविधा दिएका छ, त्यस्तै कुनै पनि कुरामा हाइड्रोपावरलाई छुट दिएको छैन, त्यसैले हाइड्रोपावर कम्पनी मर्ज गर्नु भनेको घाटाको व्यपार गर्नु जस्तै हो,’ उनले बताए ।

हाइड्रोपावर कम्पनी मर्ज गरेर सेयर होल्डर, कम्पनी, उपभोक्ताहरूलाई फाइदा नभएको कारण पनि मर्ज नभएको गुरागाईंले बताए । उनका अनुसार केही आयोजनाहरू मर्ज भएको र हुने क्रममा भने रहेका छन् ।

हाइड्रोपावर कम्पनी मर्ज गर्दा उत्पादन बढ्नु पर्ने अथवा राज्य र सेयर होल्डरलाई फाइदा पुग्नु पर्ने उनको भनाइ छ । ‘नेपाल सरकारले जुन दिन यसलाई मध्यनजर गरेर नीति तथा नियमलाई परिमार्जन गर्छ, त्यस पछि हाइड्रोपावर कम्पनी मर्ज गर्दा राम्रो होला,’ गुरागाईंले भने ।

Share News