२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार (पूर्णपाठ)

<p>काठमाडौं । सरकारले बजेटको आकार संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकममध्येबाट २ खर्ब ४४ अर्बले घटाईएको बताएका हुन् । आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाईएको बताएका हुन् । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । सरकारले बजेटको आकार संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकममध्येबाट २ खर्ब ४४ अर्बले घटाईएको बताएका हुन् ।

आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाईएको बताएका हुन् ।

सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३ करोड रुपैयाँ अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

१४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेको छ । जसमा अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड ३ लाख रुपैयाँ, वैदेशिक ऋणबाट दुई खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ र दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण गरी कुल चार खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख गरेको थियो ।
[pdf id=387873]

Share News