काठमाडौं । इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले कोइरालालाई सम्मान गरेको हो ।
नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान गरेको हो । शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।
समारोहमा सम्बोधन गर्र्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले विदेशमा रहेका नेपालीहरूको मायाँ र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिए।
उनले बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागेका कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहका छन्। इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ ।
विश्वका दुई सय बढी मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशतभन्दा बढी रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै आएको छ ।