काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बृद्धि भएको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।