अर्थतन्त्र सुधार गर्न जोखिम उठाउन सक्नु पर्छ : अध्यक्ष गोल्छा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार गर्न जोखिम उठाउन सक्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष गोल्छाले सो बताएका हुन् । &#8216;नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर बजारको समस्या समाधान गर्नु पर्थ्यो, जोखिम नउठाउँदासम्म समस्या नै हुन्छ,&#8217; उनले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार गर्न जोखिम उठाउन सक्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष गोल्छाले सो बताएका हुन् ।

‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर बजारको समस्या समाधान गर्नु पर्थ्यो, जोखिम नउठाउँदासम्म समस्या नै हुन्छ,’ उनले भने ।

अटोमोबाइल्स क्षेत्र चलेन भने मुलुकले ठूलो राजश्व र हजारौंले रोजगारी गुमाउने उनले बताए ।

‘अटोमोबाइल्स अर्थतन्त्रको खम्बा हो, राष्ट्र बैंकको कडाइका कारण अर्थतन्त्र केही सुधारमा छ, तरलताले माग सिर्जना गर्न सक्नु पर्छ, अर्थतन्त्रलाई संकुचन गर्नु नै राम्रो निर्णय हो भनेर बुझियो भने अर्थतन्त्र झन जटिल बन्न सक्छ,’ अध्यक्ष गोल्छाले भने ।

पछिल्लो समय सहकारीहरु समस्यामा रहेको उनले बताए । सहकारीले एक किसिमको माग सिर्जना गरेको थियो तर अहिले सहकारी समस्यामा अर्थतन्त्र शिथिल बनेको अध्यक्ष गोल्छाको भनाई छ ।

Share News