मलाई पैसादेखि डर लाग्छ : मन्त्री किराती

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले आफूलाई काम चाहिने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा मन्त्री किरातीले आफूलाई पैसा नभएर काम चाहीने बताएका हुन । ‘भरखर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ढाकुरलाई निलम्बनको निर्णय गरेर यहाँ आउँदैछु, उहाँले मन्त्रीलाई पैसा दिनुपर्छ भन्दै विदेशी वायुसेवा कम्पनीसँग पैसा मागेको अडियो [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले आफूलाई काम चाहिने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा मन्त्री किरातीले आफूलाई पैसा नभएर काम चाहीने बताएका हुन ।

‘भरखर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ढाकुरलाई निलम्बनको निर्णय गरेर यहाँ आउँदैछु, उहाँले मन्त्रीलाई पैसा दिनुपर्छ भन्दै विदेशी वायुसेवा कम्पनीसँग पैसा मागेको अडियो मैले पाए, मलाई कुनै पैसा दिनुपर्दैन, म पैसादेखि डराउँछु’, उनले भने, ‘मन्त्री किरातीले कर्मचारीको सरुवा बढुवा केही गर्दैन, तपाई ढुक्कसँग काम गर्नुस्, मलाई कामको रिजल्ट चाहिन्छ ।’

उनले आफूले कामको नतिजा खोज्ने भन्दै घुस खुवाएर काम गर्छु भन्ने मानसिकताबाट कर्मचारीहरु टाढा रहनुपर्नेमा जोड दिए ।

विश्वसम्पदा क्षेत्रमा सुचिकृत काठमाडौंमा रहेका सम्पदा स्थलमा बस सञ्चालन हुनुपर्ने, हिमालमा धेरै पर्यटक हराउने गरेको भन्दै ट्याकिङ सिटम् सञ्चालनमा ल्याउनुपर्ने लगायतका पर्यटन प्रवद्र्धन लगायतका काममा बोर्डले तत्काल कामगर्नुपर्ने उनले औल्याए ।

उनले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २० लाख पर्यटक भित्र्याउने कार्ययोजना पेश गर्न समेत निर्देशन दिए । ‘मलाई तत्काल नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउन सकिन्छ त्यसको कार्ययोजना पेश गर्नुस्, पर्यटन प्रवद्र्धनमा बोर्डले के के काम गर्याे, अब के गर्छ, योजना पेश गर्नुस’, उनले भने ।

उनले कर्मचारीलाई हेरफेर गरेर बहादुरी देखाउनु नभएको भन्दै कर्मचारीसँग कामको सम्झौता गर्ने बताए ।

Share News