‘भ्यालेन्टाइन डे’मा करोडौं नेपाली पैसा विदेशिएकाे भन्दै गुलाबकाे फूल आयातमा प्रतिबन्ध

<p>काठमाडौं । भ्यालेन्टाइन सप्ताह चलिरहेको बेला सरकारले गुलाबको फूल आयतमा प्रतिबन्ध लगाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार १५ भन्सार कार्यालयका कार्यालयहरूलाई पत्राचार गर्दै गुलाबको फूल आयातमा रोक लगाएको हो । प्रणय दिवसको अवसरमा करोडौं नेपाली पैसा विदेशमा पुग्ने विगत वर्षहरूको परिस्थितिलाई मध्यानजर गर्दै गुलाबको फूल आयतमा प्रतिबन्ध लगाएको बताएको छ । केन्द्रका अनुसार [&hellip;]</p>

काठमाडौं । भ्यालेन्टाइन सप्ताह चलिरहेको बेला सरकारले गुलाबको फूल आयतमा प्रतिबन्ध लगाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार १५ भन्सार कार्यालयका कार्यालयहरूलाई पत्राचार गर्दै गुलाबको फूल आयातमा रोक लगाएको हो ।

प्रणय दिवसको अवसरमा करोडौं नेपाली पैसा विदेशमा पुग्ने विगत वर्षहरूको परिस्थितिलाई मध्यानजर गर्दै गुलाबको फूल आयतमा प्रतिबन्ध लगाएको बताएको छ ।

केन्द्रका अनुसार व्यवसायिकहरुले अनुमति नलिइकन फूल भित्र्याउन पाउने छैनन् ।यससँगै फ्लोरिकल्चर एशोसिएसन नेपालले बजारमा गुलाफका फूलको अभाव हुन सक्ने बताएको छ ।

प्रणय दिवस अवसरलाई लक्षित गर्दै हालसम्म ३५ प्रतिशत गुलाबको फूल भित्रिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए ।

‘हाम्रो उत्पादन न्यून छ, जाडोमा गुलाबको फूल फुल्दैन, ९३ प्रतिशत आयात गरेर बजार धान्नु पर्ने थियो, त्यो मध्ये ३० देखि ३५ प्रतिशत ‘स्टिम’ गुलाफका आयात भएर व्यापार भइरहेको छ,’ उनले भने ।

अध्यक्ष तामाङका अनुसार अहिले बजारमा २० हजार स्टिम फूल छन् । फ्लोरिकल्चर एशोसिएसन नेपालले बजारमा ८० देखि १ एक सय २० रुपैयाँमा मूल्यसम्म किन बेच हुने अपेक्षा थियो ।

‘बजारमा फूल छैन, सरकारको कार्यान्वयन पाटो फितलो छ, तर उहाँहरूले भन्सार प्रक्रिया पुरा नगरिकन यो भन्दा अगाडि पनि भइ रहेको हो र अहिले आयात हुँदैन भन्ने कुरामा हामी त्यति विश्वस्त छैनौं, फूल आयात नभए पछि बजारमा अभाव हुन सक्छ, थोरै रकम महँगन पनि सक्छ,’ उनले भने ।

अहिललेसम्म एक लाख फूलको आयात भइ खपत भइसकेको पनि एशोसिएसनले जानकारी दिएको छ ।

Share News