एकैदिन तोलामा १३ सयले घट्यो सुनको भाउ

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन ३० रुपैयाँले घटेर प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News