रास्वपा एक नेताको भावनाभन्दा माथि उठ्नु पर्छ : अर्निको पाँडे

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेले रास्वप एक नेताको भावनभन्दा माथि उठ्नुपर्ने बताएका छन् । बुधबार दिउँसो ट्वीट गर्दै उनले रास्वपा सभापति रवि लामिछानेको भावना भन्दा युवा, सीमान्तकृत र आशावादी नेपालको लागि उठ्नु पर्ने बताए । सभापति लामिछानेले गत आइतबार पत्रकार सम्मेलनमा दिएका अभिव्यक्ति बारे प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन् । यस्तै, उनले लामिछानेले पत्रकार सम्मेलनमा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेले रास्वप एक नेताको भावनभन्दा माथि उठ्नुपर्ने बताएका छन् ।

बुधबार दिउँसो ट्वीट गर्दै उनले रास्वपा सभापति रवि लामिछानेको भावना भन्दा युवा, सीमान्तकृत र आशावादी नेपालको लागि उठ्नु पर्ने बताए । सभापति लामिछानेले गत आइतबार पत्रकार सम्मेलनमा दिएका अभिव्यक्ति बारे प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले लामिछानेले पत्रकार सम्मेलनमा बाेलेको कुराको आफुले जिम्मेवारी नलिने बताएका छन् । उनले पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिए पनि पछि दिएको अभिव्यक्तिको आफुले जिम्मेवारी निलिने बताएका हुन् ।

Share News