हिमालयन र सिभिल बैंकलाई राष्ट्र बैंकको डेडलाइन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि ‘डेडलाइन’ तोकेको छ । राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मका लागि डेडलाइन तोकेको हो । मर्जरका लागि अन्तिम स्वीकृति दिँदै राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई १ महिनाभित्र अर्थात् फागुन १६ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि ‘डेडलाइन’ तोकेको छ । राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मका लागि डेडलाइन तोकेको हो ।

मर्जरका लागि अन्तिम स्वीकृति दिँदै राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई १ महिनाभित्र अर्थात् फागुन १६ गतेभित्र एकीकृत कारोबार गर्न भनेको हो । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले १० गते एकीकृत कारोबार गर्ने निर्णय भएको बताए ।

तर, सिभिल बैंकका सीईओ सुनिल पोखरेललाई मातृ शोक र हिमालयन बैंकका सीईओ अशोक राणालाई पितृ शोक पर्दा एकीकृत कारोबार सर्ने होकि भन्ने समस्या पनि देखिएको सञ्चालक बोगटीले बताए ।

यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो ।

Share News