काठमाडौं । माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर संग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोगसम्बन्धी सुविधा लिदाँ १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । काठमाडौँको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौताअन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, इसिजी/इको/युएसजी, टिएमटी, डिजिटल एक्सरे, डेन्टल सर्भिसलगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्ने छ । चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्धनमा सघाउ पुग्दै आइरहेको छ ।