नेपाल चिकित्सक संघमा डा. कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

<p>काठमाडौं । नेपाल चिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी भएका छन् । महासचिवमा डा. सन्जिब तिवारी विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ [&hellip;]</p>

काठमाडौं । नेपाल चिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी भएका छन् । महासचिवमा डा. सन्जिब तिवारी विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमा डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह-कोषाध्यक्ष डा. विक्रान्त ढकाल र सह-सचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा. निरज कुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट विजयी भएका छन्।

सदस्यहरुमा डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र डा. स्मृती महत विजयी भएका छन्।

संघको निर्वाचनमा छ हजार दुई सय ९१ जना मतदाताले मतदान गरेका थिए ।

Share News