आदर्श लघुवित्तको नाफामा ५० प्रतिशत गिरावटसँगै ईपीएस १३.९२ रुपैयाँ घट्यो

<p>काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५०.१४ प्रतिशत घटे ७ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.५० प्रतिशत घटेर ९० [&hellip;]</p>

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५०.१४ प्रतिशत घटे ७ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.५० प्रतिशत घटेर ९० लाद ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९४ लाख ६९ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.५४ प्रतिशत घटेर १ करोड २३ लाख ९१ हजार रुपैयाँ र सञ्चालन नाफा ३२.६८ प्रतिशत घटेर ११ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेर २ करोड ७ लाख रुपैयाँ, जगेडा कोष १२६.९५ प्रतिशत बढेर १ करोड ७२ लाख ६२ हजार रुपैयाँ, सापटी ६.६५ प्रतिशत घटेर १० करोड ७२ लाख रुपैयाँ, निक्षेप १९.२३ प्रतिशत बढेर १५ करोड ५२ लाख ७५ हजार रुपैयाँ र कर्जा ८.६० प्रतिशत बढेर २८ करोड ४० लाख २१ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी आम्दानी १३ रुपैयाँ ९२ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ९८.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ०.७३ प्रतिशत बढेर २.२९ प्रतिशत, कस्ट अफ फण्ड १.११ प्रतिशत बढेर १०.०५ प्रतिशत, आधार दर १६.८८ प्रतिशत रहेको छ ।

Share News