काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी परेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३१ आलोकनगर बस्ने ३५ वर्षिय युवराज पौडेलले लामिछाने विरुद्ध उजुरी गरेका हुन् ।
जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको बताउँदै उनले लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाई कारवाही गरी पाउँ भन्दै उजुरी दिएका छन् ।
उनले माघ १७ गते रवि विरुद्ध जाहेरी दर्ता नलिएको जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको नाममा आदेश जारी गर्न माग गरेका छन् ।
यस्ताे छ जाहेरी
श्री जिल्ला सरकारी वकील कार्यालय प्रमुख ज्यू,
जिल्ला सरकारी वकीलको कार्यालय
काठमाडौं, बबरमहल ।
मिति २०७९।१०।२४
विषय : मुलुकी फौजदारी कार्याविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाई पाऊँ ।
महोदय, उपरोक्त सम्बन्धमा म निवेदक कुल बहादुर खत्रीको छोरा सिन्धुली जिल्ला कमलामाई नगर पालिका वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३१ आलोकनगर बस्ने बर्ष ३५ को युबराज पौडेल (सफल) ले निज रवि लामिछानेले गरेको कसूर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार निज कसूरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाई कारवाही गरी पाऊँ । गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसूरदारको नामको राहदानी, राहदानी ऐन बमोजिम रद्ध गर्न तथा राहदानी सम्बन्धी कसूरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसूरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसूरको अनुसन्धान तथा कानून बमोजिम मुद्धाको कारवाही चलाई पाऊँ भनी मिति २०७९ | १० | १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा जाहेरी दर्ताको लागि पेश गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदा हुदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेकोले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम आवाज
यो उजुरी दर्ताको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको नाममा आदेश जारी गरी दिन हुन यो निवेदन पेश गरेको छु ।
निवेदक
निज कुल बहादुर खत्रीको छोरा सिन्धुली जिल्ला कमलामाई नगर पालिका वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३१ आलोकनगर बस्ने बर्ष ३५ को युबराज पौडेल (सफल)