कामना सेवा विकास बैंकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

<p>काठमाडौं । कामना सेवा विकास बैंकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।  बैंकले &#8216;कस्टमर्स डे&#8217; को अवसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । बैंकले &#8216;कस्टमर्स डे&#8217; को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।  बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक ‘कस्टमर्स डे’ को रुपमा समेत मनाउदै आएको छ ।

सोही अवसरमा २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।

Share News