काठमाडौं । सनराइज बैंकले धितोमा राखिएको सवारी साधनहरु लिलामीमा राखेको छ । बैंकबाट लिएको कर्जा भुक्तान गर्न पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
बैंकको भैरहवा रुपन्देही शाखा कार्यालयले सांग्रीला ट्रेड कन्सर्नको नाममा दिएको कर्जा भुक्तान नभएपछि सवारी साधन बिक्री गर्ने भएको छ । जसमा जमानीकर्ताहरु सिद्धार्थनगर ७ रुपन्देहीमा बस्ने बुद्धी मणी शर्मा खरेल, प्रिया प्रधान र सिद्धार्थनगरपालिका ९ बस्ने विनोद खरेल रहेका छन् ।
सनराइज बैंक धनी भई ऋणी सांग्रीला कन्सर्नको नाममा यातायात व्यवस्था कार्यालय बागमतिमा दर्ता भएका १० वटा विारी लिलाममा राखेको हो । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले २०१८ र २०१९ मा इसुजु कम्पनीले बनाएका ९ वटा पिक अप र किया कम्पनीले बनाएको कार लिलाम गर्ने भएको हो । इसुजु कम्पनीका बा २१ च ९१२९, बा २१ च ५०९०, बा २१ च ५०८०, बा २१ च ५०९१, बा २१ च ५०९३, बा २० च ९०६६, बा २० च ९७१२, बा २१ च ५०३६, बा २१ च ९१३२ र किया कम्पनीको बा २० च ७८४२ नम्बरको सवारी साधन लिलामी गर्ने भएको हो ।