हिमालयन बैंकले धितोमा रहेको जग्गासहित कार बेच्दै

<p>काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

ऋणी सायना सर्भिस प्रालिका सञ्चालक सगेन्द्र महर्जन र व्यक्तिगत जमानीकर्ता पंचराज महर्जनले बैंकमा लिएको ऋण वापत राखिएको धितो जग्गा र सवारी लिलामी गरिएको छ ।

ललितपुर महानगरपालिका २८ बस्ने पंचराज महर्जनको नाममा दर्ता रहेको कित्ता नम्बर १००७ क्षेत्रफल ०–९–१–१, कित्ता नम्बर १००३ क्षेत्रफल ०–०–१०, कित्ता नम्बर १००८ को क्षेत्रफल ०–२–१–२ को जग्गा लिलामी गर्ने भएको हो । यस्तै, बैंक धनी भई ऋणी सायना सर्भिसको नाममा दर्ता भएको बाग्मती प्रदेश ०१ ०२६ च ७५०७ नंम्बरको महेन्द्रा पिक अप पनि बिक्रीमा राखिएको हो ।

Share News