आयात र निर्यात घट्यो, ८० अर्बको वस्तु मात्रै बाहिरियो

<p>काठमाडौं । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यात ३२.० प्रतिशतले कमी आई रु.८० अर्ब ८१ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्म आयात निर्यात घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यात ३२.० प्रतिशतले कमी आई रु.८० अर्ब ८१ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्म आयात निर्यात घटेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०.१ प्रतिशत र २५.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७९२ अर्ब ६७ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।

Share News