चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब लाग्ने

<p>काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब लाग्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब वित्तीय श्रोत आवश्यक देखिएको बताए । यस्तै, उनले [&hellip;]</p>

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब लाग्ने बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब वित्तीय श्रोत आवश्यक देखिएको बताए ।

यस्तै, उनले काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत प्राधिकरणबाट विद्युत लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइ सकिएको खानेपानीको पाइप तथा विद्युत लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको बताए ।

‘नयाँ पाइपलाइन बिछ्याएपछि पानी पठाउने क्रममा केही समस्या र चुनौतिहरु आएको छ, नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति हुनुकाे साथै पानी परीक्षण र वितरण हुँदा यस्ता पाइपहरुबाट पानी चुहावट हुने गरेको छ,’ उनले भने ।

उनले मेलम्चीको पानी दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिव ८ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको जानकारी दिए ।

‘यसमध्ये हालसम्म करिव ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ, बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याइ परीक्षण शुरु गर्ने लक्ष्य छ, अहिले सम्भव भएका स्थानहरुमा वितरण पाइपलाइनहरु सडक खन्नु नपर्ने प्रविधि (एचडिडि) बाट पाइपलाइन बिछ्याउने कार्य गरिरहेका छाैं,’ उनले भने ।

उनले चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैंसेपाटी, वागडोल, सूर्यविनायक, मुलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटार लगायतका स्थानमा करिव १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइनको कार्य भइरहेको बताए ।

त्यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले दोस्रो पटक मेलम्चीको पानी गत मंसिर २३ गते वितरण भएपछि लिमिटेडले राखेको रेकर्डअनुसार करिव ११ सय वटा चुहावट मर्मत गरेको बताए ।

उनले मेलम्चीको पानी वितरण सञ्जालको साइजको कारण सबै घरधुरीमा समानुपातिक रुपमा पानी वितरण गर्न नसकेको बताएका छन् ।

Share News