राष्ट्र बैंकले ७ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे विकास ऋणपत्र २०८४ ‘ञ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘ञ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले माघ २४ गते बोलकबोल गर्ने र माघ २५ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे विकास ऋणपत्र २०८४ ‘ञ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘ञ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले माघ २४ गते बोलकबोल गर्ने र माघ २५ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न आग्रह गरेको हो ।

उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Share News